बीग मार्टमा तरकारी किन्दा १५ प्रतिशतसम्म छुट पाइने

2.16K
shares
Krishi Bikas Bank

काठमाडौं, १६ मंसिर । बीग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा तरकारी तथा फलफुलमा पन्ध्र प्रतिशत छुट पाईने भएको छ ।

विद्युतीय कारोबारलाइ प्रवद्र्घन गर्ने उद्देश्यले स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गर्दै हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिद गर्दा स्मार्ट क्युआर मार्फत भुक्तानी गरे छुट पाईने अफर सार्बजनिक गरेको हो ।

यस छुट अफर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गरेमा १५ प्रतिशत अधिकतम १ सय ५० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

स्मार्ट क्युआरमा आवद्द विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले बीग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।

यस अफर अन्तर्गत बीग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी हुनेछ ।


Krishi Bikas Bank
franklin 1200*150