अरुण भ्याली हाइड्रोपावरले गर्यो लाभांश घोषणा

1.22K
shares
Krishi Bikas Bank

काठमाडौं, १६ मंसिर । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले गत आर्थिक वर्ष (आव) २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी २५ औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको मंसिर १६ गते बिहान १० बजे बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत आवमा १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यसरी हेर्दा गत आवभन्दा यस आवमा लाभांश दर घटेको हो ।


Krishi Bikas Bank
franklin 1200*150