‘नेपालीले विश्वास गरेको ब्राण्ड एलजी’ (भिडियो सहित)

1.62K
shares
Krishi Bikas Bank

काठमाडौं, १६ मंसिर । नेपाली ब्राण्ड एलजीले पछिल्लो समय नेपालीहरुको मन जित्दै गएको छ । सीजी ग्रुप अन्तरगतको एलजीले नेपालमा विश्वासीलो ब्राण्डका रुपमा परिचय बनाइ सकेको असिस्टेन्ट जनरल म्यानेजर सन्देश भुर्तेलको भनाइ छ ।

इलेक्ट्रोनिक सामानमा अहिले देशभर एलजी ब्राण्डले ४० प्रतिशत हिस्सा ओगटेको उनले सुनाए । यो ब्राण्डको सामान लिइसकेपछि उपभोक्ताले ढुक्क भएर प्रयोग गर्न सक्ने उनको भनाइ छ । अहिले पनि व्यापारमा यो कम्पनी एक नम्बरका हिसाबले अघि बढी रहेको छ ।

अहिले विश्वकप चलिरहेको समयमा अन्य सामानको तुलनामा टेलिभिजनको माग बढी रहेको भुर्तेलको भनाइ थियो । अहिले एलजीका ३ किसिमका टीभीहरु उपभोक्ताहरुका लागि बजारमा पठाएको छ । अहिले एलजी कम्पनीका टीभीहरुमा ३५ प्रतिशतसम्म क्यास ब्याकसम्मको अफर रहेको उनले जानकारी दिए ।

चाइनिज कम्पनीकोभन्दा केही मात्रामा महंगो भए पनि गुणस्तरका हिसाबले हेर्दा महंगो नरहेको उनले सुनाए । उपभोक्तालाई समस्या नआहोस् भन्ने हिसाबले सामग्रीहरु तयार पारेकाले पनि केही मात्रामा महंगो लागे पनि गुणस्तर कायम गर्ने विषयमा एलजीले विशेष ध्यान दिइरहेको छ ।

अहिलेको अवस्थामा विश्वकप चलिरहेकाले टीभीको बिक्री अलि बढी रहेको भए पनि अन्य सामानहरु पनि बिक्री भइरहेको भुर्तेलले सुनाए । विश्वभर नै चलेको ब्राण्ड भएकाले गुणस्तरमा कुनै सम्झौता नगर्ने एलजीले ग्राहकको सन्तुष्टिलाई विशेष ध्यान दिने गरेको छ ।

भिडियो


Krishi Bikas Bank
franklin 1200*150