भरतपुर महानगरपालिकाले अवैध संरचना हटाउने

1.42K
shares
Krishi Bikas Bank

काठमाडौं, १४  मंसिर । भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो ।
महानगरपालिकाले मङ्गलबार जारी गरेको सूचनामा तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धीत धनीले नहटाए आफैले हटाउने जनाएको छ ।

संरचना हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असूल गर्ने सूचनामा उल्लेख छ । महानगरले सार्वजनिक जग्गामा स्वीकृति नलिई निर्माण भएका भवन, टहरा र संरचना, सडक क्षेत्राधिकार मिचेर बनाइएका टहरा, पर्खाल एवं अन्य सरंचरना, स्वीकृत नलिई भवनका अगाडि निर्माण भएका ट्रस, जस्ता राखेर निकालेका अस्थायी पाली, अस्थायी टहरालगायतका अन्य संरचना, सडकमा फुटपाथबाट सवारी साधन उक्लिन बाटो अवरुद्ध हुने गरी ढलाइ गरी बनाइएका स्थायी ¥याम्प, नक्शापासमा बेसमेन्ट पार्किङ स्वीकृत गरी अन्य प्रयोजनः पसल, गोदाम, रेन्टुरेन्ट आदि प्रयोग भइरहेका बेसमेन्ट हटाउने सूचनामा उल्लेख छ ।


Krishi Bikas Bank
franklin 1200*150