सुनको मूल्य २०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य कति ?
वि.सं.२०७९ मंसिर १४ बुधवार १२:१८
shares

काठमाडौं, १४ मंसिर । आज सुनको मूल्य २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रूपैयाँ कायम भएको छ । मंगलवार सुन प्रतितोला ९७ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो ।
गत आइतवारदेखि मंगलवारसम्म तीन दिनमा सुनको मूल्य तोलामा ४०० रूपैयाँ घटेको थियो । गत आइतवार सुनको मूल्य तोलाको ९७ हजार ८०० रूपैयाँ थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रूपैयाँले बढेर १ हजार २९० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी तोलाको १ हजार २८५ रूपैयाँमा कारोबार भएको थियो ।








