सुनसरी–४ मा कांग्रेस उम्मेदवार कार्कीको अग्रता कायमै

1.43K
shares
Krishi Bikas Bank

काठमाडौं, १४ मंसिर । सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । उनले हालसम्म तीन सय २८ मतको अग्रता कायम राखेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २६ हजार पाँच सय ६३ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतले २६ हजार दुई सय ३५ मत प्राप्त गरेका छन् ।

उक्त क्षेत्रमा मतगणना दुई दिनसम्म रोकिएर मङ्गलबारदेखि पुनः सुरु भएको हो ।


Krishi Bikas Bank
franklin 1200*150