यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी
वि.सं.२०७९ मंसिर ७ बुधवार १५:२६
1.51K
shares
shares

काठमाडौं, ७ मंसिर । निर्वाचनपछिको दोस्रो कारोबारको दिन पनि नेप्से परिसुचक ७ दशमलव ७२ अंकले ओरालो लागेको छ ।
बुधबार नेप्से परिसुचक शुन्य दशमलव ४० प्रतिशतले घटेर १९२१ दशमलव ९९ को विन्दुमा पुगेको छ ।
जसबाट आज भएको कारोबार रकम १ अर्ब २ करोड २२ लाख ९३ हजार ५ सय ५२ पुगेको छ । आज सबैभन्दा धेरै नेपाल बैंकको शेयर कारोबार भएको छ ।
आज कम्पनीको १२ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ११ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिभिल बैंकको ६ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।








