नवलपुरमा एक हजार पाँच सय बढी अस्थायी मतदाता

1.46K
shares
Krishi Bikas Bank

काठमाडौं, २० कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभाको मङ्सिर ४ गते हुने निर्वाचनका लागि नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा एक अस्थायी मतदान केन्द्र रहने भएको छ ।

जिल्लामा रहेका सुरक्षाकर्मी, सरकारी कर्मचारीलाई मतदानको व्यवस्थाका लागि एउटा अस्थाइ मतदान केन्द्र राख्ने निर्णय भएको जिल्ला निर्वाचन कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालले जानकारी दिए। जिल्लाको कावासोती नगरपालिका–६ मा रहेको जनता मावि विष्णुनगरमा अस्थायी मतदान केन्द्र राख्ने निर्णय भएको छ ।

मतदान केन्द्रमा मतदान अधिकृतसहित तीन जना कर्मचारी र एक जना स्वयम्सेवक खटिनेसमेत उनले बताए । अस्थायी मतदान केन्द्रबाट निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीले मतदान गर्ने प्रमुख भुसालले बताए । अस्थायी मतदाताले सङ्घ तर्फको समानुपातिक तर्फमात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ । नवलपुरमा कूल एक हजार पाँच सय ८६ अस्थायी मतदाता रहेको कार्यालय प्रमुख भुसालले बताए ।
जिल्लामा निर्वाचनका लागि आवश्यक सबै मतपत्र आइसकेका छन् । निर्वाचन प्रमुख भुसालका अनुसार निर्वाचनका लागि सङ्घ र प्रदेश तर्फ प्रत्यक्ष तर्फको आवश्यक मतपत्र जिल्लामा आइपुगेको छ । सङ्घ तर्फ नवलपुर १ का लागि कूल एक लाख ४५ हजार, प्रदेशतर्फ १ १० का लागि ७० हजार, १ २० का लागि ७५ हजार गरी कूल दुई लाख ९० हजार थान मतपत्र जिल्लामा आएको छ ।

दुई सङ्घ र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा कूल दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नं १ सङ्घमा एक लाख ३१ हजार एक सय ८१ र २ तर्फ एक लाख २९ हजार दुई ८० मतदाता रहेका छन् । वैशाखमा सम्पन्न निर्वाचनपछि नवलपुरमा पाँच हजार आठ सय ४६ नयाँ मतदाता थपिएका छन् ।


Krishi Bikas Bank
franklin 1200*150