कुमारी बैंकको साधारणसभा भोलि, लाभांश पारित गर्ने प्रस्ताव

1.51K
shares
Krishi Bikas Bank

काठमाडौं, २० कात्तिक । कुमारी बैंकको कात्तिक २१ गते बाईसौ बार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो ।

सभा कुमारी बैंक लिमिटेड, नक्साल ( प्रहरी प्रधान कार्यालय पेट्रोल पम्प अगाडी) काठमाडौंमा विहान ११ बजे बस्नेछ ।

उक्त सभामा आर्थिक वर्ष २०७८र०७९ को वार्षिक विवरण छलफल गरी पारित गर्ने, बैंकको सहायक कम्पनी कुमारी क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०७८र०७९ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने,आर्थिक वर्ष २०७९र०८० को लागि लेखापरीक्षक नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने, संचालक समितिले प्रस्ताव गरे बमोजिम कर प्रयोजन सहित चुक्ता पूँजीको १२ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने छलफलहरु गर्नेछ ।

भबिष्यमा अन्य कुनै मर्चेन्ट बैकिङसँग गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी उपयुक्त प्रस्ताव आएमा वा गाभ्नेरगाभिने तथा प्राप्ति गर्नु पर्ने भएमा सो संग सम्बन्धित सम्पूर्ण कार्यहरु गर्नका लागि संचालन समितिलाई अख्तियारी प्रदान गर्ने तथा अन्य छलफलहरु कम्पनीले गर्नेछ ।


Krishi Bikas Bank
franklin 1200*150