सिरहाका उद्योगी व्यवसायीहरु सडकमा, बैंकहरुको चर्को ब्याजदरप्रति आक्रोशित

1.28K
shares
Krishi Bikas Bank

काठमाडौं, २० कात्तिक । बैंकहरुले गरेको निर्दयी व्यवहारका कारण आज आज सिराहामा उद्योगी व्यवसायी आन्दोलित भएका छन् । जिल्ला उद्योग वाणिज्य संघ सिराहा, लाहानको नेतृत्वमा आज २ घण्टा उद्योगी व्यवसायीहरुले जिल्लाभरी नै ब्यापारिक कारोबार ठप्प पारेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघमा जिल्ला नगर सदस्य रहेका जिल्ला उद्योग वाणिज्य संघ सिराहा, मिर्चैया रामनगर उद्योग वाणिज्य संघ र सिराहा उद्योग वाणिज्य संघसहित बस्तुगत संघहरुको समेत सहभागीतामा आज २ घण्टा जिल्ला बन्द गराइएको जिल्ला उद्योग वाणिज्य संघ सिराहाका सचिव प्रदीप कुमार गुप्ताले जानकारी दिए ।

उनका अनुसार मदिरा व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ, हार्डवेयर व्यवसायी संघ, मोबाइल व्यवसायी संघ, वितरक संघ, स्टेशनरी व्यवसायी संघले ब्यानरसहित आज मुख्य बजारमा विरोध र्याली निकालेका छन् ।

गोलबजार उद्योग वाणिज्य संघ र सुखीपूर उद्योग ब्यापार संघले पनि आज आ–आफ्नो क्षेत्रमा र्याली निकालेका छन् ।

जिल्ला उद्योग वाणिज्य संघ सिराहाकै नेतृत्वमा सोमबार बिहान १० देखि ११ बजेसम्म जिल्ला भरीका सबै बैंक तथा वित्तीय संस्थामा धर्ना दिने कार्यक्रम पनि छ ।


Krishi Bikas Bank
franklin 1200*150