नेशनल लाइफको मंसिर १८ गते साारणसभा, केके छन् एजेण्डा ?

1.61K
shares
Krishi Bikas Bank

काठमाडौं, २० कात्तिक । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी मंसिर १८ गते ३४ औं वार्षिक साधारणसभा गर्ने भएको छ ।

कम्पनीको कात्तिक १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले साधारणसभा कम्पनीको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे गर्ने निर्णय गरेको हो ।

कम्पनीको उक्त साधारणसभाले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको हाल कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लगि ३ करोड १८ लाख ५६ हजार ५१२ नगद लाभांश पारित गर्ने बताइएको छ ।

यसका साथै सञ्चालक समितिको बैंठक भत्ता तथा सुविधाको बारेमा छलफल र सञ्चालक समितिबाट मनोनित स्वतरन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गरिने पनि कार्यक्रम रहेको छ ।

कम्पनीको प्रबन्धपत्र र नियमावलीको संशोधनमा नियमलकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरूप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पनि पारित गरिने बताइएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर ८ गते एक दिन बुक क्लोज गरेको छ । यसका आधारमा मंसिर ७ गतेसम्म कायम शेयरधनीहरू कम्पनीको साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।


Krishi Bikas Bank
franklin 1200*150