निर्वाचनमा सीमा नाका बन्द हुने

2.14K
shares
Krishi Bikas Bank

काठमाडौं, १९ कात्तिक । मङ्सिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म नेपाल–भारत सीमा बन्द हुने भएको छ । आज रुपन्देहीमा बसेको नेपाल–भारत सीमावर्ती जिल्लाका उच्च सुरक्षा अधिकारीहरुको बैठकले सीमा बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी रामचन्द्र अर्यालले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी दुबै देशका उच्च सुरक्षा अधिकारीहरुको बैठकले सीमा बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमावर्ती सुरक्षा समस्याहरुलाई सम्बोधन गर्न बैठकमा सीमावर्ती क्षेत्रमा दुबै पक्षबाट कानूनको परिपालना गराउने, सबै प्रकारका गैरकानूनी कार्य नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने निर्णय भएको उनले बताए ।

साथै सीमा क्षेत्रमा हुने हातहतियारको तस्करी, लागू औषध ओसारपसार, मानव बेचबिखनका विषयमा जनचेतनाका कार्यक्रम सञ्चालन, निगरानी तथा सुरक्षा उपायहरु अपनाउने, जाली नोट नियन्त्रण लगायतका साझा सवालमा निर्णय भएको अर्यालले जानकारी दिए ।

साथै उक्त निर्णय दुबै पक्षबाट कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत बैठकमा भएको छ ।

नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय, रूपन्देही कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरु र भारतका तर्फबाट सिद्धार्थनगर र महाराजगञ्ज जिल्लाका प्रमुख, सुरक्षा प्रमुख लगायतको उपस्थिति थियो ।


Krishi Bikas Bank
franklin 1200*150