सुनचाँदीको भाउ सस्तियो, कतिमा हुदैछ कारोबार ?

1.61K
shares
Krishi Bikas Bank

काठमाडौं, १७ कात्तिक ।आज सुनचाँदीको भाउमा गिरावट आएको छ । बिहीबार सुन तोलामा ४०० रुपैयाँले गिरावट भएको हो । चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा झरेको छ । तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार भने सुन तोलामा ५०० रुपैयाँले महंगिएको थियो । सो दिन सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँ पुगेको थियो ।

बिहीबार चाँदीको भाउ पनि सस्तिएको छ । आज चाँदी तोलामा १० रुपैयाँले गिरावट हुँदा प्रतितोला एक हजार २१५ रुपैयाँमा किनबेच हुँदैछ ।

अघिल्लो कारोबार दिन चाँदीको भाउ वृद्धि भएको थियो । हिजो चाँदी प्रतितोला एक हजार २२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


Krishi Bikas Bank
franklin 1200*150