बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षा गर्न सिबिफिनको माग
वि.सं.२०७९ चैत २ बिहीवार २१:०९
shares

काठमाडौं, २ चैत । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंक तथा वित्तीय संस्थामाथि भइरहेको आक्रमण रोक्न र कर्मचारीको सुरक्षा गर्न माग गरेको छ । सिबिफिनले विज्ञप्ति जारी गर्दै जाजरकोट, मकवापुर र म्यादी जिल्लामा बैंकका कर्मचारी माथि भएको आक्रमण निन्दनीय भएको भन्दै यस्ता कार्य रोक्नका लागि सिबिफिनले माग गरेको हो ।
जाजरकोटमा लघुवित्तका कर्मचारी माथिको दुव्यवहार, मकवानपुरमा कुमारी बैंकका कर्मचारी माथिको धरपकड तथा म्यादीमा रहेको एनआईसी एशिया बैंकको शाखाका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आले माथिको आक्रमणको समग्र बैंकिङ क्षेत्र मार्थिका आक्रम भएको सिबिफिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यस्ता कार्यले समग्र वित्तीय क्षेत्रमा नकारात्मक असर गर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निहित स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादति र निमुखा कर्मचारी मार्थिका आक्रमण रोक्नका लागि नेपाल सरकार गृहमन्त्राल र मातहतका सुरक्षा निकायय समक्ष सिबिफिनले अनुरोध समेत गरेको छ ।








