कानून निर्माण गरेर सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउनु पर्छ : मन्त्री शर्मा

1.89K
shares
Krishi Bikas Bank

काठमाडौं, २४ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रका लागि आवश्यक पर्ने कानुन निर्माण गर्ने तर्फ सरकार लागि रहेको बताएकी छिन् । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘सूचना प्रविधि मेला’को उद्घाटन गर्दै सञ्चारमन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले आवश्यक कानुन निर्माणका लागि तत्काल संसदमा पेस गर्ने तयारी गरिरहेको बताएकी हुन् ।

सूचना प्रविधिको क्षेत्रको विकास लागि निजी क्षेत्रको सहकार्य महत्वपूर्ण रहेको मन्त्री शर्माको भनाइ थियो । सरकारी निकायले पनि यस क्षेत्रका विकासका लागि काम गर्न नसकेको भन्दै मन्त्री शर्माले प्रविधि, ज्ञान र सीपको उपयोग गर्न जरुरी रहेको धारणा व्यक्त गरिन ।

मन्त्री शर्माले सूचना प्रविधिको क्षेत्रमा केही गरौँ भन्ने भावना साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताइन् ।


Krishi Bikas Bank
franklin 1200*150