बारामा गोली लागेर एक व्यक्ति घाइते

1.46K
shares
Krishi Bikas Bank

काठमाडौं, ८ पुस । बारामा अज्ञात समूहले चलाएको गोली लागेर एक जना गम्भीर घाइते भएका छन् । भारतीय व्यापारी शिवपुजन यादव गम्भीर घाइते भएका हुन् । बाराको महागढीमाई नगरपालिका भुतही पुल नजिकै चिया पसलमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली चलाएर भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइतेको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।


Krishi Bikas Bank
franklin 1200*150