विदेश अध्ययन गर्न जाने विद्यार्थीबाट ८ करोड बढी राजस्व संकलन

1.47K
shares
Krishi Bikas Bank

काठमाडौं, ५ पुस । चालु आर्थिक वर्षको ५ महिनामा नेपालबाट वैदेशमा अध्ययन गर्नका लागि वैदेशिक अनुमतिपत्र (एनओसी) लिनेको संख्या ३८ हजार बढी रहेको रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाको अथ्यांक अनुसरा साउनदेखि मंसिर मसान्तसम्म ३८ हजार ६१ जनाले एनओसी लिएका हुन् ।

यो अवधिमा शाखाबाट विभिन्न ५९ वटा देशका लागि एनओसी वितरण गरिएको मन्त्रालयका प्रवक्ता दिपक शर्माले बताए । शाखाको तथ्यांक अनुसार ५ महिनाको अवधिमा सबै भन्दा बढी अष्ट्रेलिया, क्यानडा, जापान, भारत, युके, अमेरिका, दक्षिण कोरियामा अध्ययनका लागि गएको देखिएको छ ।

मन्त्रालयका अनुसार दैनिक औषतमा एक सय जनाले एनओसी लिने गरेका छन् । एनओसी जारी गरेर सरकारले पछिल्लो ५ महिनामा ८ करोड २१ लख ३२ हजार राजस्व संकलन गरेको छ ।


Krishi Bikas Bank
franklin 1200*150