यी हुन् आज टपटेन कारोबार भएका कम्पनी

1.34K
shares
Krishi Bikas Bank

काठमाडौं, २७ मंसिर । साताको तेस्रो कारोबारको दिन नेप्से परिसुचक २ दशमलव ५७ अंकले ओरालो लागेको छ । मंगलबार नेप्स परिसुचक शुन्य दशमलव १३ प्रतिशतले घटेर १८९९ दशमलव ७० को विन्दुमा पुगेको छ ।

आज दिनभर भएका १६ हजार ३ सय २० कारोबारबाट २४८ कम्पनीका २० लाख ५८ हजार ५ सय १० कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ७७ करोड ७० लाख ८९ हजार १ सय ६५ पुगेको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ ।

आज बैंकको ७ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ६ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । समिट लघुवित्तको ४ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


Krishi Bikas Bank
franklin 1200*150