एनसीसी बैंकको शेयर कारोबार फुकुवा
वि.सं.२०७९ मंसिर १२ सोमवार १७:३९
shares

काठमाडौं, १२ मंसिर । नेपाल स्टक एक्सचेञ्जले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ। नेप्सेले एनसीसी बैंक र कुमारी बैंकबीच एक आपसमा मर्जरमा जानका लागि सहमतिपत्रमा हस्ताक्षर गरेसँगै बैंकको शेयर रोक्का गरेको थियो ।
नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था भएसँगै बैंकको शेयर कारोबार फुकुवा भएको हो ।








