महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थामा छुटैछुट

1.5K
shares
Krishi Bikas Bank

काठमाडौं, २९ कात्तिक । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न संस्थामा छुटको लागि सम्झौता गरेको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपालीहरुमाझ सेवा प्रवाह गरिरहेको बैंकले आफ्ना ग्राहकहरुलाई रेष्टुरेन्ट, आयुर्वेद, श्रीगार, स्वास्थ्य लगायत क्षेत्रमा छुट पाउने गरी सम्झौता गरेको हो ।

बैंकका ग्राहकहरुले दी हिमालयन ग्रिल बाइ बाजेको कम्पनीका सबै सेवामा १५ प्रतिशत छुट पाउने छन् । त्यस्तै कुण्डलिनी आयुर्वेदका सेवामा अधिकतम २० प्रतिशत, सुबाकी ब्यूटी सैलुन एण्ड इन्टरप्राइजेज प्रा.लिका सेवामा १० प्रतिशत, ओपुलेन्स एस्थेटिक्स प्रा.लिका सेवामा १० प्रतिशत र क्रिस्टल डायग्नोस्टिक प्रा. लिका सेवामा अधिकतम २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुबाट सेवा लिँदा छुट पाउने छन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षतकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।


Krishi Bikas Bank
franklin 1200*150