प्राइम लाइफको बीमा दाबी भुक्तानीमा ढिलाइ, ४ करोड बढीको दाबी भुक्तानी गर्न बाँकी

1.78K
shares
Krishi Bikas Bank

काठमाडौं, ७ पुस । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितले दाबी गरेको बीमा रकम भुक्तानीमा ढीलाई गर्ने गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा मात्रै दाबी भुक्तानी माग भएको ४ करोड ४६ लाख ३१ हजार ७६० रुपैयाँ भुक्तानी गर्न बाँकी हरको हो ।

कम्पनीले असोज मसान्तसम्म सावधिक जीवन बीमा अन्तर्गत २ करोड ८९ लाख ३१ हजार ७६० रुपैयाँ र म्यादी जीवन बीमा अन्तर्गत १ करोड ५७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा सावधिक जीवन बीमा भुक्तानी दाबी गर्नेको संख्या ११६ रहेकोमा ५४ वटा दाबीको भुक्तानी भएको र ६२ वटाको बाँकी रहेको प्राइम लाइफ इन्स्योरेन्सका सूचना अधिकारी राजन प्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार यो अवधिमा १ करोड १४ हजार ८४८ रुपैयाँ सावधिक जीवन बीमाको र ९२ लाख ५० हजार म्यादी जीवन बीमको दाबी भुक्तानी भएको छ ।

म्यादी जीवन बीमाको भुक्तानी दाबी गर्नेको संख्या २३ रहेकोमा कम्पनीले ९ वटाको भुक्तानी गरेको छ भने बाँकी १४ वटाको भुक्तानी गर्न बाँकी रहेको छ । बीमाक कम्पनीहरुले रकम समयमा भुक्तानी नगरेर बीमितलाई समस्या पार्नुका साथै ढीलाइ गर्दा कम्पनीलाई फाइदा हुने कारणले ढीलाई हुने गरेको विज्ञहरुको भनाइ छ ।

प्राइम लाइफले गत आर्थिक वर्षमा पनि दाबी परेका सबैलाई भुक्तानी नगरेको देखिएको छ । कम्पनीले उपलब्ध गराएको तथ्यांक अनुसार गत आर्थिक वर्षमा सावधिक तर्फ १ करोड १० लाख २१ हजार २३ र म्यादी तर्फ ३६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । गत आवमा कम्पनीमा बीमा रकम भुक्तानीका लागि ३५२ वटा दाबी परेका थिए ।

जसमध्ये ३२० वटाको भुक्तानी भए पनि ४८ वटाको भुक्तानी बाँकी रहेको छ । त्यस्तै म्यादी तर्फ पनि ३ वटाको भुक्तानी हुन बाँकी देखिएको छ । १०२ वटा भुक्तानी दाबी परेको अवस्थामा ९९ वटाको भुक्तानी भएको र ३ वटा बाँकी रहेको कम्पनीले जनाएको छ ।


Krishi Bikas Bank
franklin 1200*150