निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय करिब ११ अर्ब,कुन कम्पनीको व्यापार कति ?

2K
shares
Krishi Bikas Bank

काठमाडौं, २३ कात्तिक । चालु आर्थिक वर्षको असोज महिनासम्म निर्जीवन बीमा कम्पनीहरुले झण्डै ११ अर्बको व्यवसाय गरेका छन् । १९ वटा निर्जीवन बीमा कम्पनीहरुले असोज महिनासम्म १० अर्ब ८४ करोड २४ लाख रुपैयाँको कुल बीमा शुल्क संकलन गरेका हुन् ।

गत आर्थिक वर्षको असोज मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले ९ अर्ब ६९ करोड ३४ लाख रुपैयाँको व्यसाय गरेका थिए । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको विवरण अनुसार निर्जीवन बीमा कम्पनीले गत वर्षभन्दा ११.८५ प्रतिशत बढी बीमा शुल्क संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार असोज महिनासम्म १९ वटा बीमा कम्पनीले ६ लाख ८९ हजार ४६८ वटा बीमा लेख जारी गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले असोज महिनामा मात्रै २ लाख ४४ हजार ९७ वटा बीमालेख जारी गरेका छन् । कम्पनीहरुले असोज महिनामा मात्रै २ अर्ब ९६ करोड ७ लाख रुपैयाँ बीमा शुल्क संकन गरेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

राष्ट्रिय बीमा कम्पनीको असोज महिनासम्म १ अर्ब २६ करोड ४५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीहरुमा सबैभन्दा बढी हो ।


Krishi Bikas Bank
franklin 1200*150