नेपाली बजारमा रेड्मी ए१ र रेड्मी ए१ प्लस सार्वजनिक

2.33K
shares
Krishi Bikas Bank

काठमाडौं, १९ कात्तिक । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा ए१ सिरिज सार्वजनिक गरेको छ । स्मार्टफोनका नयाँ प्रयोगकर्ताहरूलाई ध्यानमा राख्दै केटरिङ गरिएका रेड्मी ए १ र रेड्मी ए१ प्लसले द्रुत इन्टरनेट, स्मुथ सफ्टवेयर अनुभव र ननस्टप मनोरञ्जन प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यसबाट प्रयोगकर्ताको दैनिक कार्यहरूलाई थप स्मार्ट, थप प्रभावकारी र थप सुविधाजनक बनाउने कम्पनीको विश्वास छ । रेड्मीले नयाँ स्मार्टफोनको साथ स्मार्ट जीवनशैलीमा स्तर वृद्धि गर्न चाहने नयाँ प्रयोगकर्ताहरूलाई आकर्षित गर्ने लक्ष्य राखेको बताएको छ ।

कम्पनीका अनुसार बजेटभित्र रहेर आकर्षक डिजाइन, लामो ब्याट्री जीवन, र उत्कृष्ट क्यामेरा प्रणाली समावेश गर्दै, रेड्मी ए१ र रेड्मी ए१ प्लस ‘रेड्मीकै भरोसा’ अन्तर्गत प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्न डिजाइन गरिएको हो । यी स्मार्ट फोनहरूमा उत्कृस्ट क्यामेरा, भरपर्दो ब्याट्री लाइफ, क्लासिक १६.५५ सेन्टिमीटरको रंगिन डिस्प्ले समावेश गरिएको छ ।

नन्स्टप मनोरञ्जन र गुणस्तरको अडियो अनुभवको लागि यी फोनहरूमा शीर्ष स्पिकरहरू जडान गरिएको छ साथै यस उपकरण पूर्व–स्थापित एफएम रेडियो एपको साथ उपलब्ध रहेको कम्पनीले बताएको छ । साथै यसमा ५००० एमएएच ब्याट्री भएकाले बीना कुनै रुकावट यसको निरन्तर प्रयोग गर्न सकिन्छ ।

कम्पनीका अनुसार यसमा पावर अपको लागि मिडिया टेक हेलियो ए२२ चिपसेट जडान गरिएको छ जसको सहायताले फोटोग्राफी र भिडियोमा थप क्लारिटी प्रदान गर्छ । दुवै फोन एन्ट्री–लेभल डिजाइनको साथ तीन रङ (ब्ल्याक, लाइट ग्रीन, लाइट ब्लु) मा उपलब्ध छ । यसको टेक्सचर्ड डिजाइनले फिंगर प्रिन्टहरू फोनमा रहन नदिन मद्दत गर्छ जसले गर्दा फोन लामो समयसम्म नयाँ देखिन्छ ।

रेड्मी ए१ प्लसमा रहेको रियर फिंगर प्रिन्ट सेन्सरले प्रयोगकर्ताहरूलाई सरलतापूर्वक फोन अनलक गर्न मद्दत गर्ने बताइएको छ । दुवै फोनमा रहेको ८ एमपि डुअल एआई क्यामेरा र ५ एमपि फ्रन्ट क्यामेरा सेटअपले प्रयोगकर्ताहरूलाई यादगार पलहरु सहज रूपमा क्यापचर गर्न मद्दत गर्ने कम्पनीले बताएको छ ।


Krishi Bikas Bank
franklin 1200*150