केएफसी रेष्टुरेण्टका ग्राहकले नेपाल पे क्युआर स्क्यान गर्दा छुट पाउने

1.46K
shares
Krishi Bikas Bank

काठमाडौं, १२ पुस । केएफसी नेपाल रेष्टुरेण्टका ग्राहकले नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

क्यासब्याकको अफर नेपाल भरीका केएफसी आउटलेटहरुमा पुष २३ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ।

स्टाटिक क्युआरको रुपमा हालै उक्त रेस्टुरेन्चमा जडान भएको नेपाल पे क्युआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

केएफसीमा नेपाल पे क्युआरको सेवा सन्राईज बैंकको सहकार्यमा सुचारु गरिएको हो । फास्टफुडको रुपमा विश्व परिचित ब्रान्ड केएफसीमा अब उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।

हाल नेपाल पे क्युआरको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेल पे, मोरु र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थामा पनि चाँडै नै उपलब्ध हुने छ । भुक्तानी गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट एपको क्युआर स्क्यान स्क्रिन मा नेपाल पे मा नेपाल पे क्युआरको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।


Krishi Bikas Bank
franklin 1200*150