ओम्नी च्यानल सोलुशनको ‘फास्ट बैंकिङ्ग’ एप सार्बजनिक

2.89K
shares
Krishi Bikas Bank

काठमाडौं, १ मंसिर । ओम्नी च्यानल सोलुशनले फास्ट बैंकिङ्ग एप सार्बजनिक गरिएको छ । नेपाली बैंकिङ्ग जगतमा मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा खड्किएका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ बिगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान पछि निर्माण गरिएको एप बुधबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

राष्ट्र बैंकका पदाधिकारीहरु, बैंक तथा बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा डिजिटल बैंकिङ्ग र आइटी क्षेत्रसँग सम्बन्धित कर्मचारीहरु, भुक्तानी तथा फिनटेक जगतका प्रतिनिधिहरु तथा मिडिया कर्मीहरूको उल्लेख्य सहभागिता रहेको उक्त समारोह नेपाल बैंकर्स एसोसिएसका अक्ष्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायज्युले एप (APP) अनावरण गरी सुभारम्भ गरेका थिए । कार्यक्रममा स्मार्ट चोइस टेक्नोलोजिजका संचालक सान्तराज बतासले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

स्मार्ट चोइस टेक्नोलोजिजको संक्षिप्त विवरणसँगै फास्ट बैंकिङ्गको बारेमा बिस्तृत जानकारी दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकास भुजुले बैंक तथा बित्तीय संस्थाले फास्ट बैंकिङ्गको सेवा लिई डिजिटल बैंकिङ्ग एक्पिरियन्सलाई थप सुधिढ गर्दै नयाँ आयाम दिन सक्ने बताए ।

हाल बैंक तथा बित्तीय संस्थाहरुमा प्रयोग भएको मोबाइल बैंकिङ्ग सेवा बिशेष गरी भुक्तानी तथा फन्ड ट्रान्सफर मा मात्र केन्द्रित रहेकाले बैंकिङ्ग सुबिधा लिन अझैपनी बैंककै शाखामा नै धाउनु पर्ने बाध्यता रहेको परिस्थिति रहेको छ । यस्तो अवस्थामा सोलुशनमा थप सुविधाहरुका साथ ओपन एपीआइ API मार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङ्ग मै जोड्न सकिने बताइएको छ । फास्ट बैंकिङ्गले बैंकको शाखाहरुमा हुने ग्राहकहरुको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च बृहत रुपमा घटाउन सकिने विश्वास लिइएको छ ।

टेक्नोलोजी पार्टनर स्विफ्ट टेक्नोलोगीका प्रमुख कार्यकारी अधिकृत निरज ढुंगानाले फास्ट बैंकिङ्गको आन्तरिक संरचना तथा प्राबिधिक हिसाबले फास्ट बैंकिङ्ग अहिले बजारमा उपलब्ध मोबाइल बैंकिङ्गभन्दा सुदृढ, स्केलेबल र सुरक्षित रहेको बताए । हाल ग्लोबल आइएमइ बैंकमा संचालनमा ल्याई सकिएको यो सुबिधा कसरी फरक छ र यो सुबिधा संचालन गरे पश्चात बैंकका कर्मचारी तथा ग्राहकलाई भएको फाइदा र अनुभबका विषयमा बैंकका ट्रानजेक्सन तथा कार्ड अपरेसन प्रमुख प्रकाश पौडेलले जानकारी दिएका थिए ।

कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आइएमईका प्रबन्ध निर्देशक हेमराज ढकालले भबिष्यमा डिजिटल भुक्तानीको क्षेत्रमा अझै धेरै योगदान दिन तथा नविनतम सेवाहरु विस्तार गर्दै जान शुभकामना दिए । कार्यक्रमको अन्तमा स्मार्ट चोइस टेक्नोलोजिजका अध्यक्ष सुमन प्रोख्रेलले अनबरत रुपमा सम्पूर्ण देशको भुक्तानी क्षेत्र प्रबद्र्धनमा लागिरहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा स्मार्ट चोइस टेक्नोलोजिजका संचालक सान्तराज बतासको स्वागत मन्तव्य व्यक्त गरेका थिए भने स्मार्ट चोइस टेक्नोलोजी तथा फास्ट बैंकिङ्गको बारेमा बिस्तृत जानकारी दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकास भुजुले बैंक तथा बित्तीय संस्थाले फास्ट बैंकिङ्गको सेवा लिई डिजिटल बैंकिङ्ग एक्पिरियन्सलाइ थप सुध्रिढ गर्दै नयाँ आयाम दिन सक्ने बताए ।


Krishi Bikas Bank
franklin 1200*150