आज सार्वजनिक बिदा, बैंक भने खुला रहने
वि.सं.२०७९ चैत ७ मंगलवार १०:०२
1.49K
shares
shares

काठमाडौं, ७ चैत । घोडेजात्रा पर्व परेकाले आज काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ । सरकारले सार्वजनिक बिदा दिएको भए पनि आज बैंकहरु भने खुला रहने भएका छन् ।
नेपाल राष्ट्र बैंकले सूचना जारी गरेर उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, इलेक्ट्रोनिक चेक क्लियरिङ्ग, आरटिजीएस लगायतका अत्यावश्यक बैंकिङ्ग सेवा सूचारु राख्न बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउनु निर्देशिन दिएको छ ।








