४ विकास बैंक तथा ४ वित्तीय संस्थालाई राष्ट्र बैंकको जरिवाना

1.34K
shares
Krishi Bikas Bank

काठमाडौं, ४ माघ । नेपाल राष्ट्र बैंकले ४ वटा विकास बैंक र चारवटा वित्त कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको कानूनी व्यवस्था, मौद्रिक नीति तथा निर्देशन व्यवस्था उल्लघंन गरेपछि १२ वटा वित्तीय संस्थालाई केन्द्रीय बैंकले आर्थिक कारबाही गरेको हो ।

केन्द्रीय बैंकले ४ वटा विकास बैंक र ४ वटा वित्त कम्पनीलाई कारबाही गरेको हो । कारबाहीमा पर्ने विकास बैंकमा कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक र सालपा विकास बैंक रहेका छन् । केन्द्रीय बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई तीन पटक कारबाही गरेको छ । राष्ट्र बैंकले बुधार सूचना जारी गरेर चालू आर्थिक वर्षको पहिलो त्रैमासिकको सुपरिवेक्षणको आधारमा ती बैंकलाई कारबाही गरिएको हो ।

कर्णाली डेभलपमेन्ट बैंकले विपन्न वर्ग कर्जा नपु¥याउँदा १ लाख ५२ हजार नौ सय २९ बराबर हर्जाना तिर्नु पर्ने भएको छ । बैंकलाई पहिलो पटक ७०६ रुपैयाँ र दोस्रो पटक ३२ हजार ९६९ रुपैयाँ जरिवाना गरिएको हो । राष्ट्र बैंकका अनुसार तोकिएको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम नगर्ने कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोसी डेभलपमेन्ट बैंकलाई पनि आर्थिक जरिवाना गरिएको छ । यी बैंक गत साउन र भदौ महिनामा तोकिएको सीडी रेसियो कायम गर्न असफल भएका थिए । उनीहरुलाई दुई महिनाको जरिवाना तिराइएको छ । यता साल्पा विकास बैंकले भने अनिवार्य मौज्याद कायम गर्न नसक्दा जरिवाना तिर्नु परेको हो ।

जरिवाना तिर्ने बैंकमा कर्पोरेट डेभलपमेन्ट बैंकलाई साउनमा २० लाख १३ हजार र भदौमा २३ लाख १४ हजार ४९३ रुपैया जरिवाना तिराइएको छ । यता सिन्धु विकास बैंकलाई पनि साउन महिनामा १ लाख २६ हजार ३८४ र भदौमा १६ लाख ९९ हजार १५१ रुपैयाँ जरिवाना तिराइएको छ । त्यस्तै नारायणी डेभलपमेन्ट बैंकलाई साउनमा ४ लाख ६३ हजार ७९४ र भदौ महिनामा ५ लाख १६ हजार ३०७ रुपैयाँ हर्जना तिराइएको छ ।

सप्तकोसी डेभलपमेन्ट बैंकलाई साउनमा २१ लाख ८० हजार ६६३ र भदौ महिनामा २८ लाख ९७ हजार ३५४ रुपैयाँ जरिवाना तोकिएको छ । त्यस्तै साल्पा विकास बैंकलाई ३५३ रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यता वित्त कम्पनी तर्फ नेपाल फाइनान्स लिमिटेड, जानकी फाइनान्स, प्रोग्रेशिभ फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडलाई कारबाही गरिएको छ । प्रोग्रेशिभ फाइनान्सलाई अनिवार्य मौज्याद कायम नगरेकाले कारबाही गरिएको छ भने अन्यलाई सीडी रेसियो कायम गर्न नसकेकाले कारबाही गरिएको केन्द्रीय बैंकले जनाएको छ । प्रोग्रेशिभ फाइनान्सलाई २३ हजार १८८ रुपैयाँ जरिवाना तिराइएको छ । त्यस्तै जानकी फाइनान्सलाई पहिलो पटक ६ लाख ५५ हजार १९३ रुपैयाँ र दोस्रो पटक ६ लाख ३७ हजार ७९९ रुपैयाँ जरिवाना तिराइएको छ ।

त्यस्तै नेपाल फाइनान्सलाई पहिलोपटक १९ हजार ३३० र दोस्रोपटक १ लाख ६५ हजार ५८४ रुपैयाँ जरिवाना तिराइएको छ । यता समृद्धि फाइनान्सलाई ८० हजार ७४४ रुपैयाँ जरिवाना तिराइएको छ ।


Krishi Bikas Bank
franklin 1200*150