सन्राइज क्यापिटलको साधारणसभा सम्पन्न, लाभांश वितरण गर्ने प्रस्ताव पारित

1.81K
shares
Krishi Bikas Bank

काठमाडौं, १८ कात्तिक । सन्राईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित सन्राईज क्यापिटल लिमिटेडले साधारणसभा सम्पन्न भएको छ ।

सभा कात्तिक १८ गते शुक्रवार अलफ्ट होटल ठमेल काठमाडौंमा भब्यताका साथ सम्पन्न गरेको हो ।

वार्षिक साधारण सभामा प्रस्तुत भएका प्रस्तावहरुमा आ.व. २०७८/०७९ वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आ.व. २०७९/०८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ ।

साथै, आ.व. २०७८/०७९ को मुनाफाबाट २५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।


Krishi Bikas Bank
franklin 1200*150