रामसहायप्रसाद यादवले लिए पद तथा गोपनीयताको शपथ
वि.सं.२०७९ चैत ६ सोमवार ११:४९
1.34K
shares
shares

काठमाडौं, ६ चैत । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित गरिएको विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।
शपथ ग्रहण समारोहमा निवर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए ।








