बैंकिङ समस्या बढ्दा कर्मचारीको ज्यान जोखिममा

1.47K
shares
Krishi Bikas Bank

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि दुव्र्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न, धम्की दिने जस्ता अराजक गतिविधि दिनानुदिन बढीरहेको छ । यससम्बन्धी बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को गंभिर ध्यानाकर्षण भएको छ ।

जाजरकोट जिल्लामा कर्मचारीमाथि गरिएको दुव्र्यवहार, मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकड र ज्यादतिको श्रृंखला आज ज्यान लिने अवस्थासम्म आइपुगेको छ ।

यसै सन्दर्भमा मिति २०७९ चैत्र २ गतेका दिन गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख श्री विनोद सापकोटा र कार्यकारी सहायक श्री प्रकाश आलेमाथि नियोजितरुपमा गरिएको सांघातिक आक्रमणप्रति बैंक तथा वित्तीय संस्था परिसंघले घोर भर्सना जनाएको छ ।

निहित स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादति र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायलाई बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले माग गरेको छ ।


Krishi Bikas Bank
franklin 1200*150