बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

1.52K
shares
Krishi Bikas Bank

काठमाडौं, २१ फागुन । आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ महंगिएको छ । फागुन २१ गते, सुन तोलामा ३०० रुपैयाँले बढेको छ । आज छाापावाल सुन प्रतितोला एक लाख २ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख २ हजार ३०० रुपैयाँ पुगेको छ ।

शुक्रबार भने सुनको भाउ सस्तिएको थियो । सो दिन सुन तोलामा १०० रुपैयाँले घट्दा प्रतितोला एक लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढोत्तरी भएको छ । आज चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लो साताको अन्तिम कारोाबार दिन, चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार २६५ रुपैयाँमा झरेको थियो ।


Krishi Bikas Bank
franklin 1200*150