चलचित्र पत्रकार संघको अध्यक्षमा बलामी निर्वाचित, महासचिवमा सापकोटा

1.43K
shares
Krishi Bikas Bank

काठमाडौं, १७ फागुन । चलचित्र पत्रकारहरुको छाता संस्था नेपाल चलचित्र पत्रकार संघमा समीर बलामी निर्वाचित भएका छन् । बुधबार सम्पन्न संघको निर्वाचनबाट अध्यक्षका प्रत्यासी राजन घिमिरेले पराजित गर्दै बलामी निर्वाचित भएका हुन् । संघको महासचिवमा रघुनाथ सापकोटा निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित भएका बलामी यसअघि संघकै पूर्व महासचिव हुन् भने महासचिवमा निर्वाचित भएका सापकोटा यसअघि संघको सचिव थिए ।

संघको उपाध्यक्षमा कुबेर गिरी र विजय आवाज निर्वाचित भएका छन् भने उपाध्यक्ष महिलामा सुरक्षा भट्टराई निर्वाचित भएका छन् । संघको सचिव (खुला)मा नवीन गिरी, र समावेशी सचिवमा उद्धव रसाइली निर्वाचित भएका छन् भने कोषाध्यक्षमा मनिष कार्की र सह कोषाध्यक्षमा मनिष अन्जान दाहाल निर्वाचित भएका छन् ।

यसैगरी संघको समावेशी सदस्यमा मोहम्मद जलिम, महिला सदस्यमा सुष्मा कार्की र अन्य सदस्यहरुमा कृष्ण पाण्डे, अनुप भट्टराई, निशा बजगाई, अर्जुन गुरागाई, सिपी जैसी र सुरेन्द्र थापा निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित बलामीले सबैलाई धन्ज्यबाद दिदै आफू अब साझा अध्यक्ष भएको बताए । अध्यक्षमा पराजित राजन घिमिरे आफू भन्दा अग्रज रहेको भन्दै अध्यक्ष बलामीले सबैको साथ। सहयोग र सुझाव अनुसार कार्यभार पुरा गर्ने बताएका छन् ।


Krishi Bikas Bank
franklin 1200*150