स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप
वि.सं.२०७९ फागुन १ सोमवार १०:०२
shares

काठमाडौं, १ फागुन । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ । बैंकले माघ २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ । बैंकको ऋणपत्रमा अब फागुन ८ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
बैंकले २ अर्ब ४० करोड रुपैयाँबराबरको प्रतिऋणपत्र १००० रुपैयाँ अंकित दरका २४ लाख इकाइ ऋणपत्र निष्काशन गरेको हो बैंकले ५ वर्ष अवधि तथा वार्षिक १०.३० प्रतिशत ब्याजदर भएको ‘१०.३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र बिक्री खुला गरेको हो ।
त्यसमध्ये ६० प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता ऋणपत्रले हुन आउने १ अर्ब ४० करोड ऋणपूँजी रकम व्यक्तिगत तबरबाट बाँडफाँट गरिने र बाँकी ९ लाख ६० हजार कित्ता ऋणपत्रले हुन आउने ९६ करोड ऋणपूँजी रकम सर्वसाधारणका लागि बाँडफाँट गरिने बैंकले जनाएको छ। सर्वसाधारणको लागि छुट्टाएको ९ लाख ६० कित्ता ऋणपत्रमध्ये ४८ हजार कित्ता सामूहिक लागनी कोषको लागि बाँडफाँट गरिएको छ ।
सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्ता देखि १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।








