आज दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

1.46K
shares
Krishi Bikas Bank

काठमाडौं, २९ माघ । आइतवार नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आज ग्लोबल आइएमई बैंकर नेशनल लाइफ इन्स्योरेन्सको शेयर सूचीकृत भएको हो ।

ग्लोबल आइएमई बैंकको ७१ लाख ३८ हजार ७२६ कित्ता र नेशनल लाईफ इन्स्योरेन्सको ६० लाख ५२ हजार ७३७ दशमलव २३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

यी दुवैै कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सकिनेछ ।

नेशनल लाइफ इन्स्योरेन्सले मङ्सिर १८ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

त्यस्तै ग्लोबल आइएमई बैंकले मङ्सिर २३ गते सम्पन्न साधारणसभाबाट पारित ३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।


Krishi Bikas Bank
franklin 1200*150