सपोर्ट लघुवित्तको नाफा करिब ७५ प्रतिशतले घट्यो
वि.सं.२०७९ माघ २५ बुधवार ०९:२५
shares

काठमाडों, २५ माघ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा झण्डै ७५ प्रतिशतले घटेको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा संस्थाको नाफा ७४.८६ प्रतिशले घटेको हो ।
संस्थाले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २४ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९९ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घटेको र खर्च बढेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४.८१ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी १३.२४ प्रतिशत घटको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १४.४० प्रतिशत घटेको छ सञ्चालन मुनाफा ७८.५८ प्रतिशत घटेको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १७ रुपैयाँ २९ पैसा घटेर ५ रुपैयाँ ८१ पैसामा सीमित भएको छ । पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २३८.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ८३ पैसा रहेको छ ।








