खुद सेवा आय ३१ अर्ब बढीले घाटामा, विदेश भ्रमणमै सकियो ५१ अर्ब

1.44K
shares
Krishi Bikas Bank

काठमाडौं, २३ माघ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म नेपालको सेवा आय ३१ अर्ब बढीले घाटामा रहेको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सेवा तर्फको खुद आय ३१ अर्ब २७ करोडले घाटामा रहेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४६ अर्ब २३ करोडले घाटामा रहेको थियो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म भ्रमण आयमा ११६.९ प्रतिशतले वृद्धि भएको देखिएको छ भने भ्रमण व्यवय पनि ५८.५ प्रतिशतले बढेको छ । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ११६.९ प्रतिशतले वृद्धि भई २८ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १२ अर्ब ९४ करोड रहेको थियो ।

पुस मसान्तसम्म नेपालबाट विदेश भ्रमणमा जानेहरुले ५१ अर्ब ४५ करोड रुपैयाँ खर्च गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ३२ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो । पुस मसान्तसम्म ३५ अर्ब ३६ करोड रुपैयाँ शिक्षा तर्फको खर्च भएको छ । यस्तो खर्च अघिल्लो वर्षको सोही अवधिमा १७ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो ।


Krishi Bikas Bank
franklin 1200*150