१६ कम्पनीको साधारण सभाको मिति तय, कुन कम्पनीले कति बोनस दिदैछन् ?

1.55K
shares
Krishi Bikas Bank

काठमाडौं, २१ माघ । विभिन्न १६ वटा कम्पनीले वार्षिक साधारण सभाको मिति सार्वजनिक गरेका छन् । १६ वटा कम्पनीमध्ये केहीको साधारण सभा माघ महिनामा आयोजना हुँदैछ भने केहीले फागुन महिनामा वार्षिक साधारण सभा गर्दै छन् । साधारण सभाको मिति तय गरेको केही कम्पनीहरुले भने आफ्ना शेयरधनीको हात खाली बनाउने भएका छन् । अधिकांशले आफ्ना शेयरधनीलाई लाभांश दिने घोषणा गरेको अवस्थामा केहीले भने हात खाली गराएका हुन् ।

माघ महिनामा विभिन्न १६ बढी कम्पनीले माघ र फागुनमा बार्षिक साधारण सभा बोलाएका छन् । साधारण सभा बोलाएका कम्पनीमध्ये केहीले भने शेयरधनीका हात खाली बनाएका छन् । अधिकाश कम्पनीले लगानीकर्तालाई लाभांश दिएका छन् ।

माघ २५ गते वार्षिक साधारण सभाको आयोजना गरेको शिखर इन्स्योरेन्सले आव २०७८÷०७९ को नाफाबाट १६ प्रतिशत बोनस र ०.८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभामा लैजाँदै छ । शिखर इन्स्योरेन्सले सभा आयोजना भोलिपल्ट साधारण सभा बोलाएको युनियन लाइफ इन्स्योरेन्सले ८.९७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । माघ २६ गते आयोजना गरिने साधारण सभाले पारित गरेपछि सो बोनर शेयरधनीहरुले प्राप्त गर्ने छन् ।

त्यस्तै गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको साधारण सभा माघ २७ गतेका लागि बोलाइएको छ । कम्पनीले आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट ६.५० बोनस र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव रहेको छ । यता अरुण भ्याली हाईड्रोपावरले पनि माघ २७ गतेका नै साधारण सभा बोलाएको छ । कम्पनीले आव २०७८/०७९ को नाफाबाट ८ बोनस शेयर र कर प्रयोजनका लागि ०.४१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

सिन्धु विकास बैंकले पनि माघ २७ गते नै वार्षिक साारण सभाको आयोजना गरेको छ । सिन्धु विकास बैंकले आफ्ना शेयरधनीहरुको हात खाली बनाउने भएको छ । त्यस्तै सिनर्जी पावर कम्पनीले पनि आफ्ना शेयरधनीको हात खाली बनाउने भएको छ । कम्पनीको साधारण सभाको मिति फागुन ४ गतेका लागि तय गरिएको छ । फागुन ५ गतेका लागि सभा बोलाएको बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनीलेका शेयरधनीहरुले पनि बोनस नपाउने भएका छन् ।

माघ २८ गते सभाको आयोजना गरेको नेरुडे लघुवित्त वित्तीय संस्थाले भने आफ्ना शेयरधनीहरुलाई २२ प्रतिशत बोनस शेयर र कर प्रयोजगनका लागि १.१५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । त्यस्तै रिडी पावर कम्पनीले माघ २९ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आव २०७८/०७९ को नाफाबाट ४० प्रतिशत बोनस शेयर र २.१० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यता तारागाँउ रिजेन्सी होटल्सले फागुन ३ गतेका लागि साधारण सभाको मिति तोकेको छ । होटल्सले आव २०७८/०७९ को नाफाबाट ८.४२ प्रतिशत नगद लाभांश दिने पस्ताव गरेको छ । जुन साधारण सभाले पास गरेपछि शेयरधनीहरुले पाउने छन् ।

सगरमाथा इन्स्योरेन्सले फागुन ११ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट १२.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । त्यस्तै लुम्बिनी जनरल इन्स्योरेन्सले पनि फागुन ११ गतेका लागि नै आफ्ना साधारण सभा बोलाएको छ । कम्पनीले आव २०७८/०७९ को नाफाबाट ६.९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव रहेको छ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले फागुन १२ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आव २०७८÷०७९ को नाफाबाट १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लगि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले फागुन १३ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आव २०७८/०७९ को नाफाबाट २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।

यस्तै अपी पावर कम्पनीले फागुन १४ गतेका लागि सभा बोलाएको छ । कम्पनीले गत आवको नाफाबाट ७.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । त्यस्तै ज्योति विकास बैंकले फागुन १४ गतेका लागि वार्षिक साधारण सभा गर्ने बोलाएको छ । सभामा आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस शेयर र कर सहित ३.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।


Krishi Bikas Bank
franklin 1200*150