सिनर्जी पावरले हकप्रद शेयर जारी गर्न पायो आयोगबाट स्वीकृती
वि.सं.२०७९ माघ १६ सोमवार १०:५७
shares

काठमाडौं, १६ माघ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड हकप्रद शेयर निष्कासन गर्नका लागि विद्युत नियमन आयोगको स्वीकृती पाएको छ ।
कम्पनीलाई ५० प्रतिशत अर्थात २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न माघ १२ गतेको पत्र मार्फत स्वीकृती प्रदान गरेको हो ।अब कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट पारित गराउनुपर्नेछ ।
दोस्रो चरणमा भने धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग पनि स्वीकृति लिनुपर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. ८० करोड ६५ लाख रहेको छ । यही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ ।
कम्पनीले १० मेगावाट क्षमताको दोलखा जिल्लामा निर्माणाधिन सिप्रिङ खोला जलविद्युत आयोजना प्रबद्र्धन गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।








