इम्पेरिमेन्ट चार्ज बढेसँगै २५ करोड नोक्सानीमा सप्तकोशी डेभलपमेन्ट बैंक

1.4K
shares
Krishi Bikas Bank

काठमाडौं, १३ माघ । सप्तकोशी डेभलपमेन्ट बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बढेको छ । गत आवमा कम्पनीको नोक्सानी रू. ३ करोड २५ लाख रहेकोमा चालू आवमा बढेर रू. २५ करोड २५ लाख पुगेको छ ।

चालू आवमा कम्पनीको निष्क्रिय कर्जामा वृद्धि भएकाले र इम्पेरिमेन्ट चार्जमा वृद्धि भएकाले नोक्सानी बढेको हो ।

गत आवमा कम्पनीको निष्क्रिय कर्जा ५ दशलमव २५ प्रतिशत रहेकोमा चालू आवमा बढेर १५ दशमलव ९० पुगेको छ । त्यस्तै गत आवमा कम्पनीको इम्पेरिमेन्ट चार्ज रू. ७ करोड ४० लाख रहेकोमा चालू आवमा बढेर रू. २६ करोड ३४ लाख पुगेको छ ।

त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि गत आवको तुलनामा चालू आवमा ९ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ११ करोड १२ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा घटेर रू. १० करोडमा सिमित भएको हो ।

कम्पनीको चुक्ता पूँजी रू. ८३ करोड ४३ लाख रहेको छ भने चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १२ करोड ५३ लाख सञ्चित गरेको छ भने रिटेन्ड अर्निङ रू. ३५ करोड ८७ लाख ऋणात्मक रहेको छ ।

सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी(वार्षिक) रू.६० दशमलव ५३ ऋणात्मक,तरलता अनुपात २८ दशमलव १४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ७२ दशमलव ०३ रहेको छ ।


Krishi Bikas Bank
franklin 1200*150