सामान्य अंकले शेयर बजार घट्दा यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

1.4K
shares
Krishi Bikas Bank

काठमाडौं, १२ माघ । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ० दशमलव ३५ अंकले घटेर २,१८३ दशमलव २७ को विन्दुमा कायम भएकाे छ ।

आज २५४ कम्पनीको ७७ लाख ६४ हजार १५३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८६ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ९ करोड ७० लाख ९५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, रिडी पावर कम्पनीको ८ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखु खोला जलविद्युत कम्पनीको ७ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


Krishi Bikas Bank
franklin 1200*150