कृति भेन्चरको ४० प्रतिशत हकप्रद शेयर बिक्रीमा

1.39K
shares
Krishi Bikas Bank

काठमाडौं, ८ माघ । कृति भेन्चर फण्ड लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले १ बराबर शून्य दशमलव ४० को अनुपातमा ८ लाख कित्ता हकप्रद शेयर पुस ३० गतेदेखि बिक्री खुला गरेको हो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको उक्त हकप्रद शेयर खरीदका लागि फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयर खरीदका लागि कम्पनीको रजिष्टर्ड कार्यालय बागदरबार, काठमाडौंबाट दरखास्त फारम लिई बैंकमा रकम जम्मा गरेको भौचरसमेत राखी पठाउनुपर्नेछ ।

यस कम्पनीले प्रिमियम मूल्यमा शेयर जारी गर्ने भएको छ । कम्पनीले शेयर जारी गर्ने प्रस्तावसहित माघ २२ गते विशेष साधारण सभा बोलाएको छ ।

गत माघ ४ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले माछापुच्छ्रे क्यापिटल लिमिटेडको कार्यालय, काठमाडौंमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो ।


Krishi Bikas Bank
franklin 1200*150