फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८ प्रतिशतले बढ्यो

1.44K
shares
Krishi Bikas Bank

काठमाडौं, ४ माघ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ३८.६८ प्रतिशतले मुनाफा बढाएको छ ।

कम्पनीले ६ महिनाको अधविमा १४ करोड ४४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यहि अवधिमा संस्थाले १० करोड ४४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

पुस मसान्तसम्ममा संस्थाले २३ करोड ५ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म यस्तो आर्जन १८ करोड २३ लाख रुपैयाँ थियो ।

संस्थाले समिक्षा अवधिमा ८ अर्ब ७३ करोड रुपैयाँ बरोइङ गरी १० अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको यही अवधिसम्म संस्थाले ९ अर्ब ४५ करोड रुपैयाँ बरोइङ गरि १० अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

संस्थाको चुक्ता पूँजी एक अर्ब १४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २३ करोड ९७ लाख रुपैयाँ जम्मा गरेको छ । संस्थाको खराव कर्जा ०.१७ प्रतिशत रहेको छ । गत वर्षको खराव कर्जा सून्य थियो । प्रतिशेयर आम्दानी २५.१८ रुपैयाँ रहेको छ ।


Krishi Bikas Bank
franklin 1200*150