अपि पावरले हकप्रद शेयर जारी गर्ने

1.48K
shares
Krishi Bikas Bank

काठमाडौं, ३ माघ । अपि पावर कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । माघ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश प्रस्ताव गरेको छ ।

पुस २१ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले यस वर्षको लागि प्रस्ताव गरेको ७ दशमलव ५ प्रतिशत बोनस शेयर पछि कायम हुने चुक्तापूँजीका आधारमा ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीको हाल कायम चुक्तापूँजी रू. ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार रहेको छ । गत वर्षको मुनाफाबाट कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश वितरणका लागि विद्युत् नियमन आयोगको स्वीकृति पाइसकेको कम्पनीले पूँजी वृद्धिका लागि थप ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी गरेको हो ।

कम्पनीले प्रस्तावित हकप्रद शेयर निष्कासनका लागि पहिलो चरणमा विद्युत् नियमन आयोगको स्वीकृति लिई वार्षिक साधारण सभाबाट पारित गराउँनुपर्नेछ । दोस्रो चरणमा भने धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग स्वीकृति लिनुपर्नेछ ।

यी सबै प्रक्रिया पुरा गरेर शेयरधनीहरूमा १ बराबर शून्य दशमलव ४० को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय कम्पनीले गरेको हो । प्रस्तावित ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार पुग्नेछ ।


Krishi Bikas Bank
franklin 1200*150