कस्तो रहला ४ दिनको बिदा पछि खुल्ने शेयर बजार ?
वि.सं.२०७९ माघ ३ मंगलवार १०:५०
shares

काठमाडौं, ३ माघ । नयाँ सरकार बनेपछि लगातार रुपमा उकालो लागेको शेयर बजार सरकारले विश्वासको मत प्राप्त गरेपछि भने केही ओरोलो लागेको छ । लगातारको बिदाका कारण पुस २८ गते पछि मंगलबार (आज) शेयर बजारमा कारोबार हुने लागेको छ ।
नयाँ सरकार बनेपछि १८०० विन्दुबाट २२०० विन्दु पार गरेको शेयर बजार सरकारले विश्वासको मत प्राप्त गरेको दिन पछिको दुई कारोबारमा घटेको थियो । २६ गते २१ अंकले घटेको शेयर बजार २८ गते ४१ अंकले घटेर पुन २१४९ विन्दुमा झरेको छ । दुई वर्षका लागि सरकारको स्थायित्व कायम भएको अवस्थामा अब शेयर बजार उकालो लाग्ने विश्वास आम लगानीकर्ताहरुको छ ।
नयाँ सरकार बनेको सुरुका दुई कारोबारमा ६८ अंकले बढेको शेयर बजार सरकारले विश्वासको मत पाएको दुई कारोबारमा भने फेरि ६२ अंकले घटेको छ । गत मंगलबार नेप्से २२७७ अंकमा पुगेको थियो । त्इस पछि शेयर बजारमा ओरालो लागेको छ । गत हप्ताको कारोबार बन्द हुँदा शेयर बजार २१४९ विन्दुमा रोकिएको छ ।
तथ्यांकले २०७८ भदौ ३ मा ३२२७ अंकसम्म पुगेर ओरालो लागेको नेप्से गएको १० असारमा १८०७ अंकभन्दा तल ओर्लिएको थियो । १० महिनाको अवधिमा १४२० अंकले घटेको शेयर बजारमा लयमा फर्किने कोसिमा रहेको छ ।








