यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

1.39K
shares
Krishi Bikas Bank

काठमाडौं, २४ पुस । साताको पहिलो कारोबारको दिन नेप्से परिसुचक २० दशमलव ५५ अंकले उकालो लागेको छ ।

आइतबार नेप्से परिसुचक शुन्य दशमलव ९६ प्रतिशतले बढेर २१६४ दशमलव ४८ को विन्दुमा पुगेको हो ।

आज दिनभर भएका ७५ हजार ४ सय ६५ कारोबारबा २५९ कम्पनीका १ करोड ४१ लाख ९ सय ८८ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार १ पुगेको छ । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ ।

कम्पनीको २१ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १९ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १५ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


Krishi Bikas Bank
franklin 1200*150