ज्योति विकास बैंकको लाभांश घोषणा, बोनसदर कति ?

1.46K
shares
Krishi Bikas Bank

काठमाडौं, २४ पुस । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ ।

बैंकले हाल कायम चुक्ता पूँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २८६ रुपैयाँको ६.८० प्रतिशतका दरले हुन आउने २९ करोड २ लाख ७ हजार २२४ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सोमध्ये ३ प्रतिशत बोनस शेयर रहेको छ भने ३.८० प्रतिशत करसहित नगद लाभांश रहेको छ । पुस २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।


Krishi Bikas Bank
franklin 1200*150