प्रभु र सेञ्चुरी बैंकले एकीकृत कारोबार पुस २६ बाट सुरु गर्ने

1.46K
shares
Krishi Bikas Bank

काठमाडौं, २२ पुस । प्रभु बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पुस २६ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । यी दुई कम्पनीबीच गत साउन २५ गते प्राप्ति सम्झौता भएको थियो । प्राप्ति सम्झौता गरेको पाँच महिनामै यी बैंकले एकिकृत कारोबार सुरु गर्न लागेका हुन ।

नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ती गर्न पुस १९ गते प्रभु अन्तिम स्वीकृति प्रदान गरेको थियो । नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएसँगै यी दुई बैंकले एकिकृत कारोबार सुरु गर्न लागेका हुन ।

प्रभु बैंकले १ बराबर १ शेयर आदानप्रदान गर्ने सहमति अनुसार सेञ्चुरीलाई प्राप्ती गरेको हो । दुबै बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट प्राप्तीका लागि स्वीकृति प्रदान गरिसकेका छन् । सेञ्चुरीलाई प्राप्तिपछि बैंकको नाम प्रभु बैंक नै रहनेछ ।

प्राप्ति पश्चात् बैंकको केन्द्रिय कार्यालय हालको प्रभु बैंकको केन्द्रिय कार्यालय रहेको स्थानी, बबरमहल, काठमाडौंमै रहनेछ । प्रभु बैंकले यस वर्ष ६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बोनसपछि बैंकको चुक्तापूँजी रू. १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार पुग्नेछ । त्यस्तै सेञ्चुरी कमर्सियल बैंकले यस वर्ष ४ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको छ ।

बोनस पछि सेञ्चुुरीको चुक्तापूँजी रू. १० अर्ब ७७ लाख १९ हजार पुग्नेछ । दुबै बैंकले गत पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको बोनस शेयर धितोपत्र दोस्रो बजारमा भने सूचीकृत हुन बाँकी छ । यी दुई बैंक एक भएपछि चुक्तापूँजी रू. २३ अर्ब ५४ करोड २४ लाख ८८ हजार पुग्नेछ ।

एकिकृत कारोबारका लागि तथ्याङ्क मिलान प्रयोजनका लागि पुस २२ गतेदेखि २६ गते विहान ९ः४५ बजेसम्म दुबै बैंकको केन्द्रिय कार्यालयदेखि सम्पूर्ण कार्यालयबाट प्रदान हुने सेवा बन्द रहने बैंकले जानकारी दिएको छ ।


Krishi Bikas Bank
franklin 1200*150