७ स्थानमा “महिला सशक्तिकरणमा–महालक्ष्मी लाइफ” कार्यक्रम सम्पन्न
वि.सं.२०७९ पुस १८ सोमवार १७:१४
shares

काठमाडौं, १८ पुस । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सुरुवात गरेको “महिला सशक्तिकरणमा–महालक्ष्मी लाइफ” कार्यक्रम अन्तर्गत गत हप्ता देशका विभिन्न ७ स्थानमा उक्त कार्यक्रम सम्पन्न भएको छ । इन्स्योरेन्स कम्पनीले गत हप्ता पोखरा, बेनी, बुटवल, लम्की, चन्द्रगढी, वीरगन्ज र बेलौरीमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
पुस ४ गतेदेखि सुरु भएको कार्यक्रम अन्तर्गत पुस १६ गते बुटवलमा कार्यक्रम सम्पन्न गरिएको महालक्ष्मी लाइफ इस्योरेन्स कम्पनीले जनाएको छ । बुटवलको ग्रिन भ्याली पार्टी प्यालेसमा भएको कार्यक्रममा ५० जना महिलाको सहभागिता रहेको थियो । उक्त कार्यक्रम लक्ष्मी रायमाझीको अध्यक्षतामा सम्पन्न भएको थियो भने बुटवल शाखाका प्रमुख गणेश भुसालले कार्यक्रम सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा आर्यन खान र मार्केटिङ म्यानेजर यमलाल न्यौपानलेले यो कार्यक्रमले महिला सशक्तिकरणमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

पुस १६ गते नै कम्पनीले बेनीमा पनि कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रम महालक्ष्मी लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुरमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा म्याग्दी जिल्ला समन्वय समितिका प्रमुख दिल कुरमारी घर्तीले महिलाहरुको तालिम र रोजगारीमा यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिन् । कार्यक्रमको प्रमुख अथितिका रुपमा आमन्त्रीत प्रमुख घर्तीले यो कार्यक्रमको सफलताको शुभकामना समेत व्यक्त गरिन ।

कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत प्रशान्तराज धमला, बेनी अस्पतालका डा. विराज आचार्य, कम्पनीका धौलागिरी प्रमुख जमुना आचार्य र समाजसेवी नीरमाया पुर्जा पुन गुरुङले कार्यक्रमको महत्वका बारेमा प्रकाश पारेका थिए । बेनीमा सम्पन्न भएको कार्यक्रममा ६० जना महिलाको सहभागिता रहेको थियो । यता पुस १६ गते नै पोखरा, लम्की, चन्द्रगढी र वीरगन्जमा पनि कार्यक्रम सम्पन्न भउको छ ।

त्यस्तै पुस १७ गते बेलौरी उद्योग वाणिज्य संघको भवनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । बेलौरीमा भएको कार्यक्रममा ५५ जना महिलाको सहभागिता रहेको थियो । कार्यक्रम बेलौरी नगपालिका वडा नम्बर ७ का वडा सदस्य विन्द्रवती रानाको अध्यक्षता र कम्पनीका कार्यालय प्रमुख प्रदिप तिवारीले सञ्चालन गरेका थिए । कार्यक्रमको महत्वका बारेमा क्षेत्रीय प्रमुख हर्क बहादुर बोहोराले गरेका थिए भने स्वागत मन्तव्य मक्ष्मी बहोरोले गरेकी थिइन ।
समाजका अगुवा महिला र जनप्रतिनिधिहरुको अध्यक्षतमा सम्पन्न कार्यक्रमले तालिम, रोजगारी र आय वृद्धिमा लाग्नका लागि महिलाहरुमा आत्मविश्वास बढाउने विश्वास गरिएको छ । महालक्ष्मी लाइफको यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९/०८० भित्र ३० जिल्लामा सञ्चालन गरिने छ । यो कार्यक्रमबाट प्रत्यक्ष रुपमा ६० जना र अप्रत्येक्ष रुपमा ३ हजार जनालाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ ।








