शेयर बजार घट्यो, आज १२ अंकको गिरावट

1.76K
shares
Krishi Bikas Bank

काठमाडौं, १३ पुस । साताको तेस्रो कारोबारको दिन नेप्से परिसुचक १२ दशमलव ५९ अंकले घटेको छ ।

हिजो ५९ अंकले बढेको शेयर बजार आज भने ओरालो लागेको छ । बुधबार नेप्से परिसुचक शुन्य दशमलव ६३ प्रतिशतले घटेर १९७१ दशमलव ३६ को विन्दुमा झरेको छ ।

नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव १५ अंकले ओरालो लागेको छ ।

आज दिनभर भएका ३७ हजार ५ सय २१ कारोबारबाट २५७ कम्पनीका ६१ लाख ६० हजार २१ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज भएको सम्पूर्ण कारोबार रकम २ अर्ब ३ करोड ११ लाख ६५ हजार ५ सय ३३ पुगेको छ ।


Krishi Bikas Bank
franklin 1200*150