नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले लिए शपथ
वि.सं.२०७९ पुस ११ सोमवार १६:४७
shares

काठमाडौं, ११ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज (सोमवार) भएको एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
शपथ ग्रहण समारोहमा, उपराष्ट्रपति, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्रीहरू, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो । प्रचण्ड आज दौरासुरुवालमा ठटिएर शीतल निवास पुगेका थिए । प्रचण्डले पहिलो पटक दौरासुरुवाल लगाएका हुन् ।








